कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले असार २७ गते बस्नेगरी बैठक बोलाइएको बताए ।

उनले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा बस्ने बताए । बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन दिइएको छ ।

मुख्य सचिव पौडेलले बैठकमा स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा र अगामी चुनावका विषयमा छलफल बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board