कुटपिट मुद्दाका आरोपित १४ वर्षपछि पक्राउ

सप्तरी । सप्तरी प्रहरीले कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपनी गाउँपालिका–५ बसविट्टी ४८ वर्षीय सिताराम चौधरी रहेका छन् । उनलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको हो ।

कुटपिट अंगभंग मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजको २०६५ जेठ १३ गतेको फैसलाले चौधरी दोषी ठहर गरेको थिए ।

साढे ७ दिन कैद र १७७ रुपैयाँ जरिवाना ठहर भइ फरार रहेको उनलाई गाउँमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

पक्राउ परेका चौधरीलाई कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board