राज्य उद्योगी तथा व्यवसायीहरुकाे संरक्षण नगरी मुखदर्शक बनेकाे एमाले आराेप

काठमाडौं, १६ असार । नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले राज्यले उद्योगी तथा व्यवसायीहरुलाई संरक्षण नगरेर मुखदर्शक बनेको भन्दै आपत्ति जनाएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेको उद्योग,वाणिज्य तथा आपूर्ति विभागले मुलुकको आर्थिक संकट, आर्थिक अराजकता र आर्थिक असुरक्षाको अवस्थाका कारण उद्योगी व्यवसायीहरु पीडित हुनु परेको र यस्तो पीडाका बेलामा राज्यले उद्योगी व्यवसायीहरलाई संरक्षण गर्नुपर्नेमा कुनै ठोस सहयोग नगरेको र राज्यले अविभावकीय भूमिका नखेलेर मुकदर्शक बनको भन्दै आपत्ति जनाएको छ । देशको वर्तमान आर्थिक संकटप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ ।

उसले उद्योगी व्यवसायीहरुको पीडामा मलम लगाउने र आफूहरुलाई संरक्षण गर्ने राज्य छ भन्ने अनुभूति दिलाओस् भन्ने आफूहरुको अपेक्षा रहेको जननाएको छ ।

विभागले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति पूर्ण रुपमा असन्तुष्टि जनाएको छ । बजेटमा उद्योगी व्यवसायीलाई सम्बोधन गर्ने कुनै पनि प्रभावकारी नयाँ कार्यक्रम आउन नसकेको उसको भनाइ छ ।

सरकारले महंगी नियन्त्रण गर्न नसकेको र उद्योगीलाई राहत हुने र उपभोक्तालाई सहुलियत दिने कुनै पनि काम ल्याउन नसकेको उसको आरोप छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board