गण्डकीका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायक ‘सेमिनार’ सुरु

पोखरा । गण्डकी प्रदेशका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायकहरु पोखरामा जम्मा भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘सेमिनार’ सुरु भएको हो ।

प्रदेशमा आयोजना हुने एथलेटिक्सका खेलकुद प्रतियोगिताहरुलाई विवादरहित, ठोस र प्रभावकारी निर्णय दिन सक्ने निर्णायक उत्पादन दिने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको हो ।

तीन दिन सम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य खड्गबहादुर रानाभाटले निर्णायकहरुमा सर्मपण र अनुशासन हुनुपर्ने बताए । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले प्रदेशमा एथलेटिक्स खेलका गतिविधिहरु बढेसँगै सक्षम निर्णायकहरुको आवश्यकता बढेकाले कार्यक्रम आयोजना गरिएको बताए ।

सेमिनारमा एथलेटिक्सका विज्ञ शुसिल नरसिंह राणाले सहजीकरण गरेका छन् । कार्यक्रममा २५ जनाको सहभागिता रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board