लुकाकु इन्टर फर्किए

काठमाडौँ । बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु लोनमा इन्टर मिलान फर्किएका छन् । गत वर्षको सरुवा बजारमा चेल्सीले लुकाकुलाई स्टामफोर्ड ब्रिजमा भित्र्याउनका लागि ९७.५ मिलियन पाउन्ड खर्चिएको थियो ।

केही महिनाअघि लुकाकुले आफू स्टामफोर्ड ब्रिजमा सन्तुष्ट नरहेको भन्दै इन्टर फर्कने इच्छा व्यक्त गरेका थिए ।

इन्टरले चेल्सीबाट लुकाकुलाई क्लबमा फर्काउन ६.९ मिलियन पाउन्ड खर्चिएको बताइएको छ ।

लुकाकुको प्रेरणादायी प्रदर्शनमा इन्टरले २०२०–२१ सिजनमा इटालियन सिरी ए को उपाधि जितेको थियो ।

गत सिजन लुकाकुले चेल्सीबाटबाट पहिलो रोजाइमा कम अवसर पाएका थिए । उनले गत सिजन सबै खाले प्रतियोगिता गरी १५ गोल गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board