लुकाकु इन्टर फर्किए

काठमाडौँ । बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु लोनमा इन्टर मिलान फर्किएका छन् । गत वर्षको सरुवा बजारमा चेल्सीले लुकाकुलाई स्टामफोर्ड ब्रिजमा भित्र्याउनका लागि ९७.५ मिलियन पाउन्ड खर्चिएको थियो ।

केही महिनाअघि लुकाकुले आफू स्टामफोर्ड ब्रिजमा सन्तुष्ट नरहेको भन्दै इन्टर फर्कने इच्छा व्यक्त गरेका थिए ।

इन्टरले चेल्सीबाट लुकाकुलाई क्लबमा फर्काउन ६.९ मिलियन पाउन्ड खर्चिएको बताइएको छ ।

लुकाकुको प्रेरणादायी प्रदर्शनमा इन्टरले २०२०–२१ सिजनमा इटालियन सिरी ए को उपाधि जितेको थियो ।

गत सिजन लुकाकुले चेल्सीबाटबाट पहिलो रोजाइमा कम अवसर पाएका थिए । उनले गत सिजन सबै खाले प्रतियोगिता गरी १५ गोल गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति