नेपालमा कोरोना बढ्न थाल्यो, पछिल्लो २४ घण्टामा थपिए ६२ संक्रमित

काठमाडौं, १५ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ६१२ एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् । बुधबार १९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति