अटो र मोटरसाइकल ठोक्किदा पाँच जना घाइते

बैतडी, १५ असार । बैतडीको डिलाशैनी गाउँपालिका-६को बांगाबगरमा अटोरिक्सा र मोटरसाइकल ठोक्किदा पाँच जना घाइते भएका छन् ।

सु.प.प्र.०२००३प ९३६७ नम्बरको मोटरसाइकल र स.प.प्र.०१००१ह४९६७ नम्बरको अटो रिक्सा ठोक्किएको हो ।

दुर्घटनामा घाइते हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका-१ किम्तडीका ५० वर्षीय खुईले भूल, डिलाशैनी-६ का मोटरसाइकल चालक ३५ बर्षीय भरत माल तथा सोही ठाउँका अटो चालक ४० बर्षीय मनोरथ नाथ रहेका छन् ।

यसैगरी, दार्चुलाको लेकम-१ सिजालीका ३२ बर्षीय मानसिंह कार्की र उनकै ३० बर्षीय श्रीमती भागरथी कार्की रहेका छन् ।

घाइते सबै जनाको गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्र दार्चुलामा उपचार भैरहेको डिलाशैनी गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए । घाइते ३ जनाको हात, खुट्टा र पेटमा गम्भीर चोट रहेको छ ।

मोटरसाईकल गोकुलेश्वर बजार बाट पञ्ज्युनया तर्फ गइरहेको अटोलाई बिपरीत दिशाबाट आउदै गरेको मोटरसाईकलले ठक्कर दिएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board