मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं, १५ असार । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओका लागि निवेदन दिने म्याद थप गरेको छ । गत १ असारबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले स्थानीयलाई ५ लाख ८८ हजार ३ हजार ७०० कित्ता सेयर निष्कासन गरेको हो । यसमा आवेदन दिने म्याद थप गरेर असार २२ गतेसम्म पुर्‍याइएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं। २, ३, ४ र ६ का बासिन्दाहरुका लागि यस आइपीओ निष्कासन गरेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस आईपीओलाई ‘केयरएनपी डबल बी प्लस आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यस आईपीओको लागि बिक्री प्रबन्धकको कार्य बीओके क्यापिटलले गर्नेछ ।

स्थानीय बासिन्दाले मन्दाकिनी हाइड्रोपावरको रजिष्टर्ड कार्यालय, सिनामंगल, काठमाडौं, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखाबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board