काठमाडौं, १५ असार । देशमा पछिल्लो समय राष्ट्रिय राजनीतिमा धु्रवीकरणको विषयमा बहस जारी छ । वामपन्थी दलका शीर्ष नेताहरु वाम पार्टीहरुबीच एकता वा कमसेकम पनि आगामी निर्वाचनमा कार्यगत एकता हुनुपर्ने भन्दै फेरी एकपटक घोत्लिन पुगेका छन् । समाजवादी केन्द्र निर्माण मार्फत कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनसक्ने विकल्पबारे पनि नेताहरुको ध्यान गएको छ । यसै विषयमा नेपाल पेजले विभिन्न नेता तथा कार्यकर्ताहरुसँग गरिएको संवादमा आधारित आलेखः
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पेरिसडाँडामा आयोजित एक कार्यक्रममा वामपन्थी शक्तिहरु एकीकृत हुनुपर्ने कुरा पुनः दोहो¥याए । प्रतिपक्षी नेकपा एमालेप्रति समेत ईंगित गर्दै उनले माओवादी बाहिर हरेका सबै कम्युनिष्ट शक्तिहरु एक ठाउँमा आउनुपर्ने भनाइ उनले राखे ।

राजनीतिक वृत्तमा धु्रवीकरणको विषय उठरिहँदा वामपन्थी दलका नेता, कार्यकर्ता तहमा कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्नेमा दुईमत छैन । तर, नेतृत्व तहमा असमझदारीका कारण विगतको एकता दीगो हुन नसकेको उनीहरुले बताएका छन् । एमाले पोलिट्ब्यूरो सदस्य खिमलाल भट्टराईले विगतमा नेकपा विभाजनको स्थितीमा पुगेको बताउँदै कम्युनिष्ट सिद्धान्तबाट च्यूत भएका कारण आफ्नो सरकार गिराएर पार्टीहरु दक्षिणपन्थको पुच्छर बन्न पुगेको बताए । कम्युनिष्ट शक्ति कमजोर बनाउने भूमिका पार्टीभित्रबाटै भएको र यिनीहरु मिल्दिए हुन्थ्यो भन्ने सबैलाई लागेको उनले बताए ।

स्थानीय निर्वाचन सम्पन्न भयो, एमाले पहिलो शक्तिको रपमा छ । देशमा कार्यान्वयनको सन्दर्भमा एमालेको नेतृत्व अपरिहार्य छ । अहिले तत्कालै तालमेल वा गठबन्धनको त्यति सम्भावना देख्दैनौं तर जनताको बीचमा लोकप्रिय शक्तिको रुपमा एमाले छ ।, उनी बताउँछन् ।
समाजवाद ल्याउँछु भन्ने तर, दक्षिणपन्थीको पुच्छर समाउने ? त्यहाँबाट समाजवाद आउँछ त ? प्रचण्ड र माधव नेपाल दक्षिणपन्थ भाँसमा फसेको र त्यहाँबाट आत्मआलोचित भई निस्कन सके मात्र यो बहसले सार्थकता पाउने उनले बताए ।
प्रतिनिधिसभा सांसद एवम् एमालेकी स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डेले जनताको तहबाट वाम एकताको भावना उठेको बताईन् । विगतमा एकता दीगो नबनेको भन्दै उनले हतारमा एकता गर्नभन्दा नीति, विधि, फरक खालका संस्कार, संस्कृति र जनताले चाहेको कुरा के हो भनेर अघि बढ्नुपर्ने उनी बताउँछिन् ।

सबै दलका नेतृत्व तहमा रहनुभएका व्यक्तित्वले आफ्नो पदका लागि हो कि, जनताको भावना अनुरुप राजनीति गर्ने ? भोलिको प्रक्रियामा जाँदा यो असम्भव छैन । समय र जनताको माग सम्बोधन गरेर अघि बढ्नुपर्ने बताउँदै उनले नेतृत्व तहमा हानथाप नगरी अघि बढ्नुपर्ने बताईन् ।
सांसद एवम् एमाले केन्द्रीय सदस्य विद्या भट्टराई भने आगामी संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरेर मात्रै नभई मिलिसकेपछि नेतृत्वमा कसरी मिलेर जान सकिन्छ भन्ने आजको प्रश्न भएको बताइन् । सटिक संस्कृतिहरु विकास गर्दै लानुपर्छ, वाम एकता वा कार्यगत एकताका लागि दोस्रो तथा तेस्रो तहका नेतृत्वले दबाब दिइनुपर्ने उनको भनाइ छ ।

कम्युनिष्ट पार्टी बेमेल हुनुभन्दा पनि निश्चित समयमा मिल्नुपर्छ, हिजो पनि एकीकरणको कुरा अपेक्षाकृत थिएन । जनअपेक्षा पुरा गर्न कम्युनिष्ट पार्टी एक हुुनपर्छ, राजनीतिक स्थरिता र लोकतन्त्रको समग्र विकासका लागि राजनीतिक पार्टीबीचको सन्तुलन आवश्यक छ, उनले भनिन् ।
समग्रमा समाजवाद अथवा समाजवादी केन्द्रमार्फत कम्युनिष्ट पार्टीहरु एकीकृत हुनु आजको आवश्यकता रहेको उनीहरुको भनाइ छ । अहिलेको राष्ट्रिय, अन्तराष्ट्रिय परिस्थिती र आगामी निर्वाचनमै पनि वामपन्थी शक्तिबीचको एकताको अपरिहार्यता कार्यकर्ता तहमा उठेको छ । यसलाई पार्टीका शीर्ष एवम् निर्णायक तहका नेतृत्वले कसरी अगाडि बढाउनेछन् भन्नेमा वाम एकता वा आगामी कार्यगत एकताको निर्धारण हुने देखिन्छ ।
COMMENTS