युद्ध अपराधमा सलंग्न रहेको अभियोगमा १०१ वर्षीयलाई ५ वर्ष जेल 

वर्लिन, १५ असार (एजेन्सी) । जर्मनीको एक अदालतले मंगलबार पूर्वनाजी कन्सन्ट्रेसन क्याम्पका  एक १०१ वर्षीय गार्डलाई पाँच वर्षको जेल सजाय सुनाएको छ । जोसेफ सुएज विश्व युद्धको समयमा युद्ध अपराधमा संलग्नताका लागि मुद्दा चलाइएका अहिलेसम्मकै वृद्ध हुन् । 

सुएजलाई सन् १९४२ देखि १९४५ को बीचमा बर्लिनको उत्तरी भाग ओरानिनवर्गको साचसेनहाउसेन क्याम्पमा जेल गार्डको रूपमा काम गर्दा हत्यामा संलग्न भएको अभियोगमा दोषी ठहर गरिएको प्रधानन्यायाधीश उडो लेचरम्यानले बताए ।

उनको बृद्धावस्थालाई विचार गर्दा सुएज जेल जान नपर्ने सक्ने बताइएको छ । लिथुआनियामा जन्मेका सुएज अहिले ब्रान्डनवर्ग राज्यमा बस्छन् । उनले आफू निर्दोष भएको बताउँदै आएका थिए । 

शिविरमा भएको घृणित अपराधको बारेमा आफू अनभिज्ञ भएको उनले बताउँदै आएका थिए । ‘मलाई थाहा छैन म यहाँ किन छु,’ नाजी युद्ध अपराधको मुद्दामा सुनुवाइका क्रममा उनले भनेका थिए ।

अभियोजनकर्ताले सुएजले ‘स्वेच्छाले’ शिविरमा ३ हजार ५१८ कैदीको हत्यामा भाग लिएको भन्दै उनलाई पाँच वर्षको सजाय माग गरेका थिए । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board