काठमाडौं, १५ असार । काठमाडौंको बालुवाटारको एक घरमा भएको आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको छ । आज बिहानैदेखि आगलागी भएको थियो ।
बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको घरमा आगलागी भएको थियो ।
आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले दमकल पठाएको छ तर उक्त दमकल बिग्रिएकोले आगलागी नियन्त्रणमा कठिनाइ भएको थियो ।
आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयले दकमक प्रयोग गरेर निभाएका हुन्।
प्रतिक्रिया