बाढीले डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा पुल बनाउने क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएपछि उक्त सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण स्थानीय खहरेखोलामा अहिले ठुलो बाढी आएको छ ।

नवलपुरको मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा बनाइएका तीन वटा डाइभर्सन बाढीले बगाएको हो ।

बिहान ६ बजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरु ठप्प छन् । बाटो खुलाउनका लागि केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जयराम पन्तले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति