पद्‌मश्री साहित्य पुरस्कारका उत्कृष्ट १५ पुस्तकको सूची घोषणा

काठमाडौँ । पद्‌मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तकमध्येबाट उत्कृष्ट १५ सूची घोषणा गरिएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७८ मा प्रकाशित पुस्तकमध्ये प्रतिष्ठानलाई प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा १५ पुस्तक छनोट गरेको हो । दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले जानकारी दिए ।

उत्कृष्ट पुस्तक यस्ता छन् ।
अग्नि– डा. नवराज लम्साल
अर्को भोर– केशवराज ज्ञवाली
एक सम्बोधन समयमाथि– दीनानाथ शर्मा
काफ्काको काम सकियो– राजव
गुरु– कविता राई
छाइल– लोकराज भट्ट
ताल्चा– दिलीप बान्तवा
निनाद– बल्लरी अलका आत्रये
पैतालामा हिउँ, आँखामा हिमाल– राजेन्द्रमान डंगोल
भिक्षूसँग प्रेम– उषा हमाल
भोजपुरको बाङ्मय– डा विप्लव ढकाल
महाभारा– बसन्त बस्नेत
मिथ्या– दीपक पराजुली
यादहरूको संग्राहलय– केवल विनाबी
सत्यमोहन- गिरीश गिरी

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board