राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई घण्टा छलफल

काठमाडौं, १४ असार । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री देउवा मंगलबार साँझ शीलतनिवास पुगेका थिए ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई घण्टा छलफल भएको थियो । प्रधानमन्त्रीले सरकारका कामकारबाहीका बारेमा जानकारी गराएका थिए । त्यसक्रममा राष्ट्रपति भण्डारीले मल अभावबारे चासो व्यक्त गरेकी थिइन् । उनले मलको समस्या समाधानका लागि दीर्घकालिन समाधान खोज्न सरकारसँग आग्रह गरेकी थिइन् ।

राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ टीका ढकालले राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटवार्ता भएको बताए।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board