नेपाली राइडर दीपक साह बने ‘र्‍याली अफ चाम्बा’ को विजेता

काठमाडौं, १४ असार । नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाञ्चल प्रदेशको चाम्बामा आयोजित ‘र्‍याली अफ चाम्बा’ को एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बनेका छन् । १६ देखि १९ जुन सम्म आयोजित प्रतियोगितामा दीपक नेपालबाट एक्लो प्रतिस्पर्धी थिए ।

रोयल इनफिल्ड हिमालयन मोटरसाइकलमा सवार भएर र्‍यालीमा भाग लिएका साहले उक्त क्याटगोरीमा पहिलो स्थान हासिल गरेका हुन् । हिमाञ्चल प्रदेश सरकारद्वारा स्वीकृत प्राप्त एक मात्र प्रतियोगिताको र्‍यालीअन्तर्गत पहिलो दिन चाम्बाको पुलिस पाउन्डमा टेस्ट राउन्ड भएको थियो ।

फेडेरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससीआई) बाट स्विकृत प्राप्त प्रतियोगितामा दुई पांग्रेका साथै चार पांग्रे गाडीको समेत सहभागी थियो ।

प्रतियोगिताको दोस्रो दिन चाम्बाबाट लेग वान ९१० प्रारम्भ भयो । पहिलो दिन १११ किलोमिटर ट्रान्सपोर्ट र ६७ किलोमिटर रेसका लागि तोकिएको दूरी थियो । तेस्रो दिन १४२ किलोमिटर ट्रान्सपोर्ट र ४८ किलोमिटर रेस थियो ।

तेस्रो दिन ११३ किलोमिटर ट्रान्सपोर्ट र ५० किलोमिटर रेस थियो । पूरा ३६६ किलोमिटर ट्रान्सपोर्ट र १६७ किलोमिटर रेस गरी ५३३ किलोमिटरको दूरी राइडरले पार गरेका थिए । यस अनुसार इभेन्टको समग्र दूरी ५३३ किलोमिटर थियो भने प्रतिस्पर्धामा सहभागी हुने दूरी १६७ किलोमिटर थियो ।

ग्रुप ‘डी’ अन्तर्गत ३८ वर्षिय दीपक २५० सीसी भन्दा माथिको क्याटगोरीमा सहभागी भएका थिए । यस अनुसार दीपक ग्रुप डी क्लास ११ मा सहभागी भएका थिए । यो समूहमा रोयल इनफिल्डका साथै अन्य कम्पनीका बाइक पनि सहभागी थिए । यस रूटमा ग्राभेल, डर्ट, स्लस जस्ता हाई अफरोड सेक्सन हुन्छ भने कुनै ट्रयाकमा ‘लाइट स्नो’ पनि हुन्छ ।

हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले उद्घाटन गरेकोर्‍यालीका विजेतालाई हिमाञ्चल प्रदेशका सांसद पवन नायरले पुरस्कृत गरेका थिए । पुरस्कार समारोहमा नेपाली ढाका टोपीसहित उपस्थित भएका दीपकलाई देख्दा आयोजक टिम अचम्मित भएको थियो ।

यसअघि दीपकले पहिलो पटक सन् २०१७ मा भारतको लेह लद्दाखमा सम्पन्न रेड डी हिमाञ्लयमा भाग लिएका थिए । तर रेसको दोस्रो दिन चोट बोकेपछि उनले प्रतियोगिता त्याग्नुपरेको थियो ।

अर्को वर्ष २०१८ मा उनले रोयल इनफिल्ड क्याटगोरीमा पहिलो स्थान हासिल गरेका थिए । रोयल इनफिल्ड डी विधामा सहभागी दीपकले रोयल इनफिल्ड हिमालयन मोटरसाइकलमार्फत अन्य प्रतियोगीलाई पछि पार्दै पहिलो स्थान हासिल गरेका थिए ।

प्रतियोगितामा सहभागी हुन काठमाडौंदेखि चाम्बासम्म
प्रतियोगितामा सहभागी हुन दीपक १० जुनमा काठमाडौबाट दिल्ली र दिल्ली हुँदै चण्डीगढ़बाट हिमाञ्चल प्रदेशको चाम्बा पुगेका थिए ।

चण्डीगढबाट पठानकोट करिब २६० किलोमिटर र पठानकोटबाट चाम्बा करिव १२० किलोमिटर छ । नेपालबाट दीपक चाम्बा तीन दिनमा पुगेका थिए । प्रतियोगिता समुद्र सतहबाट ४ हजार ५०० माथि हुने गर्दछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board