तीन महिनादेखि बिनाहाजिर कर्मचारीलाई तलब

मुगु, १४ असार । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका पोष्टमा कार्यरत कर्मचारीहरूले गत वैशाखदेखि हाजिर नगरी तलब खाएका छन् ।

गत १ वैशाखदेखि नयाँ हाजिरी प्रयोग आउने व्यवस्था भएसँगै निकुञ्जमा र यसअन्तर्गतका ६ वटा निकुञ्ज सुरक्षार्थका लागी स्थापन गरिएका पोष्टका कर्मचारीलाई बिनाहाजिर तलब खुलाइएको हो ।

निकुञ्ज कार्यालयले गत चैत सकिएलगत्तै निकुञ्ज कार्यालयको स्टोर तथा जिन्सी शाखाले नयाँ हाजिरी फाइलको व्यवस्था गरी र मातहतका सबै पोष्टमा पठाई सक्नु पर्ने भए पनि तीन महिना बित्न लाग्दासमेत हाजिरी फाइलको व्यवस्था गर्न नसक्दा त्यहाँ कार्यरत कर्मचारीहरूको खातामा हाजिरी नगरी तलब जम्मा गरिदिएको हो ।

मासिक हाजिरी प्रतिलिपी उतार गरी सम्बन्धित् कार्यालयको प्रशासन शाखामार्फत कार्यालय प्रमुखले प्रमाणित गरि लेखा शाखाले कार्यरत कर्मचारीहरूको हाजिरीअनुसार सम्बन्धित् कर्मचारीको खातामा पाउनुपर्ने मासिक पारिश्रमिक तथा अन्य सुविधाको रकम जम्मा गरिदिनुपर्ने प्रावधान छ । तर, रारा राष्ट्रिय निकुञ्जले हाजिरी बिनानै जेठसम्मको तलब कर्मचारीहरूलाई खुवाएको हो ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालय र मातहतका ६ वटा पोष्टमा ५५ जना कर्मचारी कार्यरत छन् । उनीहरूले हालसम्म गत वैशाखदेखि हाजिर गर्न पाएका छैनन् ।

कार्यलय संरक्षण अधिकृत बद्रीविनोद दाहालका अनुसार एक हप्ता अगाडि हाजिर रजिष्ट्रर पठाइएको छ । मंगलबार ९आज०सम्ममा ती हाजिर रजिष्ट्रर सम्बन्धित् कार्यालयमा पग्ने उनको दाबी छ ।

हाजिरी उतारको प्रतिलीपी बिनै कर्मचारीको खातामा रकम जम्मा गर्न सम्बन्धित निकायबाट तोक भएअनुसार आफूले रकम जम्मा गरेको लेखापाल नरबहादुर डाँगीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति