नेप्से परिसूचक करिब १२ अंकले गिरावट

काठमाडाै, १४ असार । शेयर बजार मापक नेप्से परिसूचक मंगलवार पनि गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आईतवार उच्च अंकले बढेको नेप्से दोस्रो कारोबारबाट गिरावट भएसँगै तस्रो कारोबारको दिनपनि निरन्तरता पाएको छ ।

मंगलवार नेप्से परिसूचक ११.८२ अंकले गिरावट आएर १९२१.३१ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले घटेको छ ।

मंगलवार कारोबारमा आएका २३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता शेयर १ अर्ब ५ करोड ८२ लाख २४ हजार ४७२ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सोमवारको तुलनामा मंगलवार नेप्सेसँगै कारोवार रकमसमेत गिरावट आएको छ । सोमवार २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको सूचक वृद्धि भएको छ भने बाँकी ११ उपसमूहको सूचक गिरावट भएको छ । जसमा जीवन बीमा १.०३ प्रतिशत र वाणिज्य बैंकको सूचकमा ०.०२ प्रतिशतले वृद्धि भएको छ । बाँकी ११ वटा उपसमूहको सूचक १ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

नेप्से परिसूचकमा गिरावट आएपनि सीवाईसी लघुवित्तको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बाँकी बसै कम्पनीहरुका शेयरधनीले शेयर मूल्य गुमाएका छन् । कारोबारको आधारमा सर्वाधिक कारोबारमा एशियन लाइफ इन्स्योरेन्सले गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board