ट्राफिक प्रहरीले बाटोमा हिँडिरहेका डाक्टरलाई कुटे

ललितपुर । काम सकेर घर फर्कँदै गरेका डाक्टरलाई ट्राफिक प्रहरीले कुटपिट गरेका छन् ।

ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डा. कुलबहादुर घिसिङलाई ट्राफिक प्रहरीले कुटेका हुन् ।

आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डा. घिसिङमाथि ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले कुटपिट गरेका हुन् ।

कुसुन्तीमा बस्ने घिसिङलाई यातायात व्यवस्था विभाग एकान्तकुनाबाट घरतर्फ जाँदै ट्राफिक प्रहरीले कुटपिट गरेका हुन् ।

जवान थापाले बढीबढी कुरा गर्ने भन्दै मुखमा एक मुक्काले हिर्काएको घिसिङले बताएका छन् । घिसिङका नाकबाट रगत बगेपछि बेहोस भएका थिए । उनलाई ट्राफिक प्रहरीहरुले नै उपचारका लागि अल्का अस्पताल पुर्याएका थिए ।
सो घटनाबारे प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले कुटपिट गर्ने ट्राफिक प्रहरी थापामाथि कारबाहीको प्रक्रिया पनि अगाडि बढाइसकेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति