टेक्सासमा लरीभित्र भेटिए कम्तीमा ४० शव, गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्न चाहनेको हुनसक्ने

न्यूयोर्क । अमेरिकाको टेक्सासमा एउटा लरीभित्र कम्तीमा ४० वटा शव फेला परेका छन् ।

सान आन्तोनियो सहरको बाहिर क्षेत्रमा बेवारिस अवस्थामा भेटिएको लरीमा सोमबार ती शव फेला परेको द न्युयोर्क टाइम्सले जनाएका छन् ।

अधिकारीहरूले १२ जनालाई जिवित फेला पारेपछि उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

मृत्यु हुनेहरू छिमेकी मेक्सिकोबाट गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका आप्रवासी हुनसक्ने अनुमान गरिएको छ । के कारणले उनीहरूको मृत्यु भयो भन्ने खुलिसकेको छैन।

सोमबार सान आन्तोनियो तापक्रम ३९.४ डिग्री सेल्सियस पुगेको थियो। लरीभित्र उनीहरूको मृत्यु गर्मीका कारणले भएको हुनसक्ने बताइएको छ। प्रहरीले लरीका चालकको खोजी भइरहेको बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति