एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषद् बैठक आज पनि बस्दै छ । बैठक सोमबारदेखि सुरु भएको हो ।

अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको प्रतिवेदनमाथि मंगलबार छलफल हुने छ । बैठकले उक्त प्रतिवेदनलाई पारित गर्ने कार्यसूची रहेको प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्ययोजनासम्म समेटिएका छन् । राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गरिएको छ।

नेपालले एमाले नेतृत्वको शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी धार’ भनेका छन् । एकीकृत समाजवादीसमेत सम्मिलित पाँच दलीय गठबन्धनलाई ‘वाम–लोकतान्त्रिक धार’को रूपमा उनले व्याख्या गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board