नेपाली दूतावास लन्डनले दियो स्कटल्यान्डमा घुम्ती सेवा

लन्डन । लन्डनस्थित नेपाली दूतावासले स्कटल्यान्डमा सञ्चालन गरेको घुम्तीसेवाबाट एक सय जनाभन्दा बढीले सेवाग्राहीले सुविधा लिएका छन् ।

गैरआवासीय नेपाली संघ स्कटल्यान्डका अध्यक्ष काशीराम भण्डारीका अनुसार दूतावासले आइतबार र सोमबार गरी दुई दिन सो क्षेत्रमा घुम्तीसेवा सञ्चालनमा ल्याएको थियो । गैरआवासीय नेपाली संघ स्कटल्यान्ड राज्य परिषद्का उपाध्यक्ष उज्वल कार्कीका अनुसार एवर्डिनमा ४० जना र एडिनबरामा ६० जनाले दूतावासको सेवा लिएका थिए ।

नेपाली दुतावासको तर्फबाट रामबावु नेपालको नेतृत्वमा खटिएको ६ जनाको टोलीले पासपोर्ट, भिसा, एनआरएनए कार्डलगायतको सेवा प्रत्यक्ष रुपमा प्रदान गरेको थियो ।

दूतावासले दिएको सेवाप्रति गैरआवासीय नेपाली संघ स्कटल्यान्डले आभार व्यक्त गरेको छ ।

दूतावासको घुम्तीसेवा सञ्चालन गर्न स्कटल्यान्ड पुगेको टोलीलाई अध्यक्ष भण्डारी, समाजसेवी घनश्याम भण्डारी, नविन क्षेत्री लगायतले महत्वपूर्ण सहयोग गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board