कोटेश्वरमा ठूलाे सवारी दुर्घटना, एकको मृत्यु

काठमाडौं, १३ असार । कोटेश्वरमा सोमबार साँझ ठूलाे सवारी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार कोटेश्वर बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको हायसले सुरुमा पैदलयात्रुलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि हायसले दाया च्याप्दा बालकुमारीबाट आएको प्रदेश ३-००६ ख ०२९५ नम्बरको ट्रकसँग ठोक्किन पुग्यो । दुर्घटनामा हायसको अगाडिको भाग क्षतविक्षत भएको छ ।

हायसको ठक्करबाट घाइते भएका पैदलयात्रु ५२ वर्षीय देबकुमार सेनको मृत्यु भएको छ । हायसका सहचालक २३ वर्षका विमल सुनार घाइते भएका छन् चालक फरार छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board