महिला फुटबल रेफ्री अञ्जना एएफसी एलिटमा समावेश

काठमाडौं, १३ असार । महिला रेफ्री अञ्जना राई एसियाली फुटबल महासंघ एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश भएकी छिन् ।

एएफसीले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाउँदै राईलाई एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश गरिएको जनाएको हो । प्यानलमा समावेश भएसँगै राईलाई नोभेम्बरका लागि तय एएफसी एलिट रेफ्रीको तयारी कोर्सका लागि बोलाइएको छ ।

राईले सन् २०२१ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेकी थिइन् । हाल नेपालबाट एक मात्रै महिला फिफा रेफ्री रहेकी छिन् । यस्तै फिफाले एसिस्टेन महिला रेफ्रीमा एक कोटा प्रदान गरेको छ । यता, पुरुष तर्फ भने १० फिफा रेफ्री रहेका छन् । जसमा ६ जना एसिस्टेन रेफ्री छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board