महिला फुटबल रेफ्री अञ्जना एएफसी एलिटमा समावेश

काठमाडौं, १३ असार । महिला रेफ्री अञ्जना राई एसियाली फुटबल महासंघ एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश भएकी छिन् ।

एएफसीले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाउँदै राईलाई एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश गरिएको जनाएको हो । प्यानलमा समावेश भएसँगै राईलाई नोभेम्बरका लागि तय एएफसी एलिट रेफ्रीको तयारी कोर्सका लागि बोलाइएको छ ।

राईले सन् २०२१ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेकी थिइन् । हाल नेपालबाट एक मात्रै महिला फिफा रेफ्री रहेकी छिन् । यस्तै फिफाले एसिस्टेन महिला रेफ्रीमा एक कोटा प्रदान गरेको छ । यता, पुरुष तर्फ भने १० फिफा रेफ्री रहेका छन् । जसमा ६ जना एसिस्टेन रेफ्री छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति