लिफ्ट मागेर गाडी चढ्नेबाट नै लुटपाट र कुटपिट

धनगढी । गाडीमा लिफ्ट मागेर चढेका तीनजनाले नै गाडी लुटेका छन् ।

डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका–४ गाइमारेमा हातखुट्टा बाँधिएको अवस्थामा फेला परेका हुन् ।

सोमबार उनीमाथि केही व्यक्तिले आक्रमण गरी ज्यान मार्ने उद्देश्यले भिरबाट फालेर गएको बताइएको छ।

भण्डारी स्वयंमले स्थानीयलाई बताए अनुसार ४–५ जनाको समूहले उनीमा आक्रमण गरेका थिए।

उनी खुट्टामा बाँधेको डोरी खोलेर घिस्रिदै सडकसम्म पुगेपछि स्थानीयले थाहा पाएका थिए । स्था

अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ। तीन जना मान्छेले घुमाउन लगिदेऊ भनेर गोदावरीको उकालोतिर भण्डारीलाई लगि कुटपिट गरी बाँधेर फालेको र उनको गाडी र पैसा लुटेर भागेको कैलाली प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति