टी-२०ः आयरल्यान्डविरुद्ध भारत विजयी

काठमाडौं, १३ असार । घरेलु टोली आयरल्यान्ड पहिलो टी-२० खेलमा भारतसँग सात विकेटले पराजित भएको छ ।

वर्षाले १२ ओभरमा छोट्याइएको खेलमा जितसँगै भारतले दुई खेलको शृंखलामा १-० को अग्रता बनाएको छ । १०९ रनको विजयी लक्ष्य पछ्याएको भारतले नौ ओभर तीन बलमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो।

भारतका दिपक हुडाले सर्वाधिक ४७ रन बनाए । यस्तै, कप्तान हार्दिक पान्ड्याले २४ रनको योगदान गरे । आयरल्यान्डका क्रेग योंगले दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित १२ ओभरमा चार विकेट गुमाउँदै १०८ रन बनाएको थियो । आयरल्यान्डका युवा ब्याटर ह्यारी टेक्टरले सर्वाधिक ६४ रन बनाए । भारतका स्पिनर युजभेन्द्र चहल एक विकेट लिए । अब, दोस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति