गायिका दिलमायाले गरेकी थिइन् विवाह गर्न अनुरोध, प्रेमी दिलबहादुरले गरे ‘हत्या’ !

काठमाडौँ । लोकगायिका दिलमाया सुनारको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दिलमायाकी प्रेमिका सूर्य भनिने खिलबहादुर श्रेष्ठ पक्राउ परेसँगै दिलमायाको हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

सिन्धुपाल्चोकको साँगाचोकगढी १ स्याउले घर भई हाल काठमाडौँको कागेश्वरीमनहरा बस्ने सूर्य भन्ने खिलबहादुरलाई महनगरीय अपराध महाशाखा काठमाडौँको टोलीले पक्राउ गरेर महानगरीय प्रहरी बृत बालाजुको जिम्मा लगाएको छ ।

दिलमायाको हत्या उनी बस्ने कोठा तारकेश्वर नगरपालिका वडा नम्बर ११ नेपालटारमा भएको थियो । प्रहरीले उनको हत्या नै भएको शंकाका आधारमा श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले सलको प्रयोग गरी घाँटी बेरेर हत्या गरेको खुलेको हो । दिलमायाको हत्या प्रश्चात सूर्यले नै उनको फेसबुकमा सुसाइड नोटको रूपमा स्टाटस लेखेको पाइएको छ ।

प्रेमिका बनाएर राखेका श्रेष्ठले बिबाह गर्न दिलमायाले अनुरोध गरेपछि बदलामा हत्या गरेको बुझिएको छ । उनीहरू केही समयदेखिसँगै बस्दै आएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board