विवाहको दुई महिनामै आलियाले गरिन् गर्भवती भएको खबर सार्वजनिक

मुम्बई, १३ असार । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर चाँडै आमाबाबु बन्ने भएका छन् । सोमबार बिहान आलियाले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै आफू गर्भवती भएको जानकारी दिएकी हुन् ।

विवाहको दुई महिनामै आलियाले आफू गर्भवती भएको खबर सार्वजनिक गरेकी हुन् । सामाजिक सञ्जालमा राखिएको तस्बिरमा आलियालाई अस्पतालमा सुतेको देख्न सकिन्छ, जहाँ रणवीर पनि छन् । तस्बिरमा उनीहरूको अगाडिको स्क्रिनमा ‘प्रेम’को चिन्ह देखाइएको छ । आलियाले ‘हाम्रो बच्चा चाँडै आउँदैछ’ भनेर लेखेकी छन् ।

आलिया र रणवीरको भेट सन् २०१७ मा फिल्म ‘ब्रह्मास्त्र’को सेटमा भएको थियो । त्यसपछि उनीहरुले डेटिङ सुरु गरेका थिए । रणवीर र आलियाले यसै वर्षको १४ अप्रिलमा विवाह गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board