काठमाडौं । नेपालको राजनीतिको मेरो आफ्नै व्यक्तिगत जीवनको एउटा संवेदनशील पाना अचानक खोल्दिनुभयो । यी पाना यस्ता कुराहरु छन् जसलाई म कहिल्यै बिर्सिन सक्दिँन ।
त्यस्ता कुराहरु पनि छन्, जसलाई म सम्झिन चाहन्न । तर आज तपाईको प्रश्नले मलाई आज त्यो बिर्सिन नसक्ने दिनहरु फेरी सम्झन बाध्य तुल्यायो, सम्झन नचाहेने कुराहरु सम्झाएर मलाई भावुक तुल्यायो । मदन भण्डारीको सन्दर्भमा मैले भन्नुपर्ने सारांश यही नै हो । विसं. २०४६/४७ को आन्दोलनमा सरिक भएकाहरु अब अहिले राष्ट्रिय राजनीतिमा सक्रिय भूमिकाको ईच्छुक भइसके ।
जसले त्यसलाई सुनेका छन्, तीनिहरुका निमित्त एउटा रोमाञ्चकारी कुरा भाछ । कुरा के हो भने, २०४६÷४७ को आन्दोलन हुँदा म सरकारमा थिएँ । आन्दोलन समाप्त भएपछि म सरकारबाट हटें । र एउटा परिवर्तन पछिको नयाँ सरकार बन्यो । त्यो सरकारले २०४७ को संविधान बनायो । त्यल्ले आमचुनाव गरायो र पुर्नस्थापित संसदलाई जीवन्त तुल्यायो । त्यसको त्यो संसदको अत्यन्त महत्वपूर्ण नेताको रुपमा मदन भण्डारी स्थापित हुनुभयो ।
त्यसबेलासम्म मैले मदन भण्डारीलाई भेटेको पनि थिईनँ, चिनेको पनि थिईनँ, उहाँका सम्बन्धमा अलिअलि कुराहरु सुन्याथें । सरकारमा बस्दा म सञ्चार र उद्योगमन्त्रीको जिम्मेवारीमा थिएँ, जहाँ गृह मामिलाको कुराहरु आउने कुरा थिएन, यसकारण गृह मन्त्रालयको कुनै रिपोर्ट आउने कुरा पनि भएन ।
परिवर्तन भइसकेपछि म संसदबाट बाहिर बसेर संसदीय राजनीतिको गतिविधि हेर्दै थिएँ । एक जना विदेशी मित्रले जो, उहाँको (मदन भण्डारी) पनि मेरो पनि मित्र रहेछ । उनै विदेशी मित्रले हामीहरुको भेट गराउनुभयो । यो पहिलो भेट थियो, जहाँ मैले मदन भण्डारीलाई भेटें । त्यहाँ शारीरिकरुपमा उहाँलाई पहिलो पटक देखें, सायद उहाँले पनि मलाई यही बेला नै पहिलो पटक देख्नुभएको हो । मलाई टेलिभिजनमा अलि–अलि देख्याछु भन्नुहुन्थ्यो ।
दुर्भाग्यवश, त्यसपछि उहाँसँग कहिल्यै भेट हुन सकेन
त्यो पहिलो भेटपछि हाम्रो सम्बन्ध गाढा हुँदै गएर उहाँको असमायिक रहस्यमय निधनको एक हप्ता अगाडीसम्म कायम रहन गयो । एकहप्ता अगाडीसम्म मैले किन भने भने, त्यस अघिसम्म हप्तामा २ पटक उहाँ मेरो घरमा खाना खान आउनुहुन्थ्यो, लामो समयसम्म हामीहरुबीचमा कुराकानी हुन्थ्यो । र आखिरी पटक पनि उहाँ मकहाँ खान आउनुभयो, उहाँले भन्नुभयो, म पोखरा जानुछ, त्यसपछि चितवन जानुछ, त्यो सिध्याएर म काठमाडौं फर्कन्छु । फर्केपछि आजको कुरालाई अगाडि बढाउने भन्ने हामी दुईबीचमा सहमति भयो । दुर्भाग्यवश, उहाँसँग कहिल्यै भेट हुन सकेन, उहाँ फर्किनुभएन । त्यो बिर्सन चाहन खोजेको जुन भेट हो, त्यो भेटलाई तपाईले सम्झाइदिनुभयो आज ।
उहाँसँग भेट भएपछि हाम्रो मित्रता निकै गहिरो हुन थाल्यो । जसमा राजनीतिक छलफलहरु हुन्थे, उहाँको रमेरो राजनीतिक विचारहरु आदानप्रदान हुन्थे, त्यो क्रम बढ्दै गयो ।
पहिलो देखि अन्तिम भेटसम्म मदनले देशको भूस्थापनको संवेदनशीलतालाई समेट्ने वैचारिक कुरा गर्नुभयो
यसै सन्दर्भमा नेपालका राजनीतिमा माथिल्लो तहमा आएका र दोस्रो तहमा बसेकाहरुमा पनि लघुताभासले काम गरेको छ । लघुताभास के हो भने, उनीहरु कुनै पनि नयाँ प्रतिभालाई आफू सरहको, आफूभन्दा अनुभवी मान्छेलाई अगाडी ल्याउन चाहदैनन् । उनीहरुमा आत्मविश्वासको यति कमी छ, यसले गर्दा राजनीतिक हाम्रो एक्लिदै गएको छ । मदन भण्डारी पृथक हुनुहुनथ्यो त्यसमा ।
यही क्रममा मैले जोड्न खोजेको कि म अघिल्लो व्यवस्थाको मन्त्री, व्यवस्था परिवर्तन भयो, मदन भण्डारी त्यो परिवतर्न गर्ने प्रमुख नेताहरुमध्येको एक हुनुहुन्थ्यो, त्यसरी दुईटा विपरीत् दिशामा उभिएको मानिसहरु थियौं । मित्रतामा त्यो क्रम बढ्दै गयो, मदनले एकदिन के भन्नुभयो भने, नेपालको राष्ट्रियता जोगाउनको लागि नेपालको भूस्थापन जुन छ, यी सबैको संवेदनशीलतालाई समेटेर अगाडी जानुपर्छ । मदन भण्डारीको पहिलो भेटदेखि अन्तिम भेटसम्म उहाँको त्यो वैचारिक सोचाईमा निरन्तरता रह्यो । यो निरन्तरताको क्रममा उहाँले एउटा सर्वदलीय बैठकको निर्णय गर्नुभयो, त्यो निर्णय मेरै कोठामा भएको हो । उहाँले भन्नुभयो, तपाई पनि बोल्नुपर्छ त्यहाँ ।
मैले त्यल्लाई निकै हलुका रुपमा लिएँ । यसको ३, ४ दिनपछि फोन आयो, नेकपा एमालेको अफिसबाट । र फोनमा, सिंहदरबारको नेकपा एमाले संसदीय दलको महासचिवले सर्वदलीय बैठक बोलाउनुभएको छ, त्यो बैठकमा तपाईलाई निमन्त्रणा छ र मैले सम्झिएँ मदनले भनेका कुराहरु र मैले भनें, म आउँछु । बैठक सुरु भाथ्यो, रोष्टम अगाडी मनमोहन अधिकारी र मदन भण्डारी सोफामा बस्नुभाथ्यो, माधव नेपाल बैठक सञ्चालन गरिरहनुभाथ्यो र नारायणमान बिजुक्छे बोलिरहनुभाथ्यो । बैठकमा सायद, नेपाली काँग्रेस पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र सद्भावना पार्टी बाहेक बामपन्थी नेताहरु र दोस्रो तहका नेताहरुको राम्रो जमघट थियो ।
म ढोकाबाट भित्र पस्दा, मदनले कल्लाई बोलाउनु भो कुन्नी? त्यो मान्छे हतारिएर आयो र मलाई लिएर गयो । लिएर गएर मलाई मनमोहन जी र मनदको बीचमा राखियो । मलाई लाग्यो कि यो कति उदार छ, यो मान्छे । पार्टीमा नलागेको, पार्टी बाहिर बसेको, परिवर्तनले फालेको व्यस्थामा मन्त्री भएर बसेको मान्छेलाई लिएर आएर यस्तो ठाउँमा राख्छ भनेर मेरो मनमा कुरा खेलिरह्यो । नारायणमान बिजुक्छे बोलिसक्नुभएपछि माधव नेपालले अरुको नाम बोलाउदै हुुनुहुन्थ्यो अनि मदनले मलाई के भन्नुभो भने, अब तपाईलाई बोलाउछन् है । त्यो पहिले नै लिष्ट बनाइसक्नुभारैछ, कल्ले, कल्ले बोल्ने भनेर । अनि मलाई लाग्यो उहाँको कार्यप्रणाली कति व्यवस्थित छ भन्ने कुराको मलाई अनुभूति भयो । मेरो नाम बोलाइयो अनि मैले मेरो विचार व्यक्त गरे. जुन विचार तात्कालीन पत्रिका दृष्टिले प्रकाशित ग¥यो । मैले के भन्न खोजेको भने, मदन भण्डारीको बिर्सिन नखोजेको पहिलो छाप के हो भने राष्ट्रियता, नेपालको राजनीतिक स्वामित्वलाई बचाएर राख्ने ।
दुई, सबै देशभक्तहरुलाई, प्रजातन्त्रका पक्षधरहरुलाई समेटेर लिएर जाने, त्यो सोच मैले उहाँमा पाएँ यसको अर्थ के हो भने, एउटा राजनीतिक दल होस्, चाहे सामाजिक संस्था होस्, त्यो संस्था बनाएपछि जति धेरै प्रतिभाहरु, अनुभवहरु, योग्यताहरु समावेश गर्न सक्यो, त्यो त्यति ठूलो भएर जान्छ । जति ढोका बन्द गरेर राख्यो, जति संकुचित बनाएर राख्यो त्यति नै मरिच झैं चाउरिदै जान्छ अन्तमा समाप्त हुन्छ, नेपालमा धेरै राजनीतिक दलहरु समाप्त हुनुको कारण यही हो । हिन्दुस्तानमा हेर्नुभयो भने पनि तपाईहरुले यही पाउनुहुन्छ, नयाँ प्रतिभाहरुलाई, नयाँ योग्यताहरुलाई, नयाँ अनुभवहरुलाई र युवाहरुलाई आकर्षित गरेर उच्च स्थान दिएर अगाडी लग्न सक्यो भने त्यो अगाडी बढेर गाछ, जो नसकेर परिवारमा समेटेर बसेको छ, प्राइभेट लिमिटेड बनाएर राख्याछन्, सिमित भागभण्डामा राखिएको छ, त्यो विस्तारै–विस्तारै खिईदै गएर हराएर गएको छ ।
मदन भण्डारी प्रखर वक्ता
दोस्रो कुरा चाही मदन भण्डारी अत्यन्तै राम्रो प्रखर वक्ता हुनुहुन्थ्यो । उहाले बोल्दा र उहाँका भाषणहरु सुन्दा उहाँको दिलबाट आउजस्तो लाग्थ्यो । उहाँले त्यो बनाएर, शब्दहरु खोजेर, अक्मकिएर, शब्दहरुको संकलन गरेर, वाक्यांश बनाएर व्यक्त गरिरहेको कृत्रिमता मदन भण्डारीमा थिएन । उहाँले बोल्दाखेरी सरल ढंगबाट धाराप्रवाह आउँथ्यो । त्यो धाराप्रवाह आउँदखेरीमा त्यसको भाइब्रेसन चाही फ्लकच्वेट् गथ्र्यो, उहाँले जुन क्रान्तीकारी कुरा गर्दा आवाज सर्किएर जान्थ्यो र त्यो चर्किएको आवाजले श्रोता र दर्शकहरुलाई उत्तेजित तुल्याउँथ्यो ।
ठिक विपरीत्, संयमित हँदाखेरि दर्गाखेरीमा घोरिन बाध्य तुल्याथ्यो । अभिव्यक्तिको शैलीमा जुन भिन्नताको कुरा जुन मैले तपाईसँग गरें, अभिव्यक्ति शैलीमा अतयन्त प्रभावशाली शैली विरलै पाइन्छ त्यो खासगरी यहाँ लिखित कर्मचारीहरुले अथवा लेखनदासहरुले तयार गर्दिएको भाषण, त्यसलाई दुई पटक दोहो¥याएर आवाज मात्रै चर्को बनाएर बोल्ने परिपार्टी हाम्रो राजनीतिक नेतृत्वहरुमा छ, आज बोलेको कुरा भरे बेलुका बिर्सिदिने बानी छ अथवा आज कसैलाई वचन दियाछ भने, त्यो मान्छे जानेबित्तिकै बिर्सने बानी छ, त्यसबाट विल्कूल पृथक व्यक्ति हुनुहुन्थ्यो ।
इतिहासले नेता बनाउदैन, नेताले इतिहास बनाउँछ
यो शिलशिलामा मेरो सारांश के हो भने, इतिहासले नेता बनाउदैन, नेताले इतिहास बनाउँछ । ईतिहास बनाउने नेता सधैं निस्किदैन, त्यो पदले हुँदैन । मदन भण्डारी प्रधानमन्त्री पनि हुनुभएन, राष्ट्रपति पनि हुनुभएन, पार्टीको अध्यक्ष पनि हुनुभएन तर मदन भण्डारी, मदन भण्डारी हुनुभयो, त्यस्तो मदन भण्डारी जो स्वयम् नै पदभन्दा माथी थियो । जसको आकर्षण साँच्चै भन्ने हो भने राजनीतिक दलभन्दा माथी थियो ।
अब दोस्रो चाही उहाँको स्वभावको बारेमा आउनुस्, मदन भण्डारीको स्वभाव चाही मैले भेटेका नेताहरुको भन्दा विल्कूल फरक थियो । कालो सिसामा गाडीभित्र बसेर, लुकेर, चारैतिर अत्याधुनिक हतियारले घेरिएर मान्छेको भीडसँग डराउने, कोठामा बैठक गर्दापनि नेपाली सेनाको सशस्त्र अधिकारलिे सुरक्षा दिनुपर्ने, त्यस्ता कायरहरुको आत्मबल, आत्मसम्मान नभएकाहरुको त्यो जमात्मा मदन भण्डारी एउटा पृथक मान्छे हुनुहुन्थ्यो ।
मेरो छोराले राती लिन जान्थ्यो, नक्सालमा बस्नुहुन्थ्यो भगवतीबहालमा । मेरो छोरा र उहाँमात्रै आउनुहुन्थ्यो, सुरक्षा आवश्यकता पर्दैनथ्यो । जतिबेरसम्म बस्न मन लाग्यो, बस्नुहुन्थ्यो अनि फेरी पु¥याउँथ्यो । उहाँलाई कतिचोटी साइकलमा हिडिराख्या पनि देखिन्थ्यो । न अगाडी न पछाडी कोहीपनि हुँदैनथ्यो, त्यो चाही जनताको नेता थियो । जनतामा विश्वास गथ्र्यो, जनता नै मेरो बल हो भन्ठान्थ्यो । बल देखाउनलाई, मेरो प्रभाव देखाउनको लागि, उनको पदीय अहंकार देखाउनको निम्तिमा सशस्त्र प्रहरीको सेनाले सुसज्जित भीड चाहिँदैनथ्यो, उ आफूलाई जनताको भीडमा जादा सुरक्षित ठान्थ्यो ।
ठीक त्यो विपरीतमा नेपालको राजनीति आएको छ । मदन भण्डारी एक्लै हिड्दा र जनताको बीचमा बस्दा सुरक्षित ठान्थ्यो, हामीले अहिले त्यस्ता नेताहरु पाएकाछौं, जसलाई चारैतिरबाट सशस्त्र प्रहरीको सुसज्जित भीडले घेरेर राख्नुप¥याछ । अनि उहाँहरु जनबलका, जनमतका र जनआधारका कुराहरु गर्नुहुन्छ । ईतिहास मलाई लाग्छ, हास्दो होला उहाँहरुलाई देखेर । मदन भण्डारी जहाँ हुनुहन्छ, उहाँ खिन्न हुनुहोला, यो कस्तो जमात् तयार पारेर म उठेर आएँ भनेर ।
मदन भण्डारी सादगी नेता
मदन भण्डारीको ३ वटा कुरा म बताउँछु । एउटा उहाँको लवाईको बारेमा । मैले पहिलो पटक भेट्दा, जसरी विदेशी मित्रले उहाँको र मेरो भेट गराएको थियो, त्यतिबेला उहाँले कालो टोपी लाउनुभाथ्यो । एउटा खैरो–खैरो रंगको कोट लाउनुभाथ्यो र कालो पाइन्ट लाउनुभाथ्यो । मैले कतिवर्षसम्म भेट हुँदा मैले त्यस्तै पहिरनमा उहाँलाई पाएँ । आजकल हाम्रा नेताहरु एक्स्पेनसिभ् सुटहरु लगाको, कोटहरु लगाको ।
आजकल एकदम टिक्क परेको, हेर्दाखेरीमा सिनेमाको हिरो जस्तो लाग्ने, हसिलो, मोटोघाटो, सुन्दर खालको च्वाइस्का ड्रेसहरु लगाको, एकदम टल्केको कालो जुत्ताहरु लगाको देख्छौं ठीक त्यसको विपरीत् उहाँको जुत्तामा पालिस नलगाको पनि हुन्थ्यो । सधैं मलाई आँखामा झझल्को आउने चाही उहाँको त्यो सधैं बुढी औंलाको मोजामा फाँटेको हुन्थ्यो र उहाँ लुकाउनुहुन्नथ्यो त्यसलाई । भनेको अर्थ, त्यो मान्छेमा लघुताभास नै थिएन, यति आत्मविश्वास थियो, यति आत्मसम्मान थियो कि यति साना–साना कुराले छुदै, छुदैनथ्यो ।
मसितको प्रत्येक भेटमा मदन भण्डारीले एउटा मोटो डायरी लिएर आउनुहुन्थ्यो । त्यो मसित भेटेपछि पहिला डायरी पल्टाईहाल्नुहुन्थ्यो, त्यसमा मैले उहाँसित गर्ने कुराहरु पनि टिपेका हुन्थे । अनि मसित कुरा गर्दै जादा जुन कुरा उहाँलाई घत लाग्थ्यो होला, मनपथ्र्यौ होला, त्यो कुरा उहाँ टिप्नुहुन्थ्यो तुरुन्त ।
मदनको चाहाना थियो एउटा पार्टी सबैको छाहारी बन्न सकोस्
उहाँको चाहना र राजनीतिक चाहना चाही मैले मेरो किताबमा पनि लेख्याछु, उहाँको राजनीतिक चाहाना चाही नेपालमा एउटा त्यस्तो एउटा राजनीतिक दल बनोस् जसमा सबै प्रतिभाहरुले, सबै देशभक्तहरुले, सबै प्रजातन्त्रवादी मानिसहरुले त्यसमा स्थान पाऊन् । र त्यो ठूलो एउटा यस्तो छाहारी बनोस्, जसमा सबै नेपाली अटाऔं, जसमा सब भावनाको कदर होस् । त्यस्तो चाहना राख्ने नेतामा अदम्य आत्मविश्वास हुन्छ ।
मेरो भाग खाइदेला कि भन्ने डरै हुँदैन, उसमा यतिधेरै आत्मविश्वास हुन्छ, भएजति प्रतिभाशाली, भएजति योग्य, उत्साही, अनुभवी सारा लिएर म एउटा शक्ति निर्माण गर्न सक्छु, जसको नेतृत्व गर्न सक्छु भन्ने दृढआत्मविश्वास थियो भन्ने यसबाट देखिन्छ । त्यस्तो आत्मविश्वास बनाएर बन्दैन, बनिराखेको हुन्छ । सबैको हुँदैन, कसै–कसैको मात्रै हुन्छ । त्यो कसै–कसै भनेको मदन भण्डारी हो । जुन मदन भण्डारीमा त्यो कुरा थियो, नेपालको ईतिहासको, नेपालको राजनीतीको एउटा अद्भूतको व्यक्तित्व हुनुहुन्थ्यो, जसलाई हामी दुर्भाग्यवश गुमायौं, असमयमै गुमायौं ।
जसले गर्दा, नेपालमा पटक–पटक उथुल, पुथल भइराखेको छ । अहिलेपनि राजनीतिक स्थिरता हामीले खोजीराखेकै बेलामा त्यस निम्ति मदन भण्डारीको बारेमा अनेक थरीका कुराहरु हामी गर्दै गएपनि हरेक मानिसका स्मरणहरु होलान्, त्यल्लाई सम्झेर, भावी पुस्तासित परिचित गराउनुपर्छ । मदन भण्डारीको डायरीमा उपयुक्त सम्पादन गरेर प्रकाशित गर्नु, मदन भण्डारीको विचारधारालाई अगाडी बढाउनलाई नयाँ पुस्तालाई तयार पार्ने एउटा विधि हुनसक्छ । जति अध्ययनहरु हुन सक्यो, त्यति मदन भण्डारीका विभिन्न पक्षहरुमा त्यति नै हामीले मदन भण्डारीको विचारलाई ग्रहण गरेको, त्यसलाई अगाडी बढाउने प्रण गरेको एउटा युवाबल तयार पार्न सक्छौं त्यो बलले नै मदन भण्डारीलाई सदा जिवित राख्न सक्छ । मदन भण्डारीको बारेमा मेरो भन्नुपर्ने कुरा यही नै हो कि मानिस, सबै मानिस जन्मिन्छन्, सबै मानिस मर्छन्, यो शाश्वत् हो तर, कोही, कोही मानिस मात्रै मरेर पनि जिवित रहन्छन्, त्यो कोही–कोही मानिसमा मदन भण्डारी हुनुहुन्थ्यो जो मरेपछि पनि जिवीत हुनुहुन्छ, जिवित रहनुहुनेछ ।
COMMENTS