मन्त्रीको शपथ : एउटै जिल्लाबाट दुई मन्त्री

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजे शपथ खुवाउने पाँच मन्त्रीमध्ये २ जना एउटै जिल्लाबाट प्रतिनिधित्व गर्ने अनुहार परेका छन् ।

पहिलो पटक मन्त्री हुन लागेका मेटमणि चौधरी र हिराचन्द्र केसी एउटै जिल्ला दाङबाट प्रतिनिधित्व गर्ने नवनियुक्त मन्त्री हुन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट प्रतिनिधित्व गर्ने चौधरी दाङ–१ र केसी दाङ–३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । चौधरीले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउँदा केसीले भने स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

एउटै जिल्लाबाट दुईजनालाई मन्त्री बनाएको भन्दै एकीकृत समाजवादीका निवर्तमान् मन्त्रीहरुले आपत्ति जनाए पनि अन्ततः पार्टीको निर्णयअनुसार उनीहरुले आज शपथ लिन लागेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति