सिरहामा २७ किलो गाँजासहित दुई युवक पक्राउ

सिरहा । सिरहा प्रहरीले प्रतिबन्धित लागु औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्लाको धनगढीमाई नगरपालिका–१४ हात्तीढुंगाबाट २७ किलो ६५० ग्राम गाँजासहित ३४ वर्षीय रामसागर साह र गोलबजार नगरपालिका–१ मुक्सारका ३० वर्षिय चंखु सदायलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय धनगढीमाई–१२ बिष्णुपुरकट्टीबाट खटिएको गस्ती टोलीले उनीहरु सवार स३प७७९६ नम्बरको मोटरसाइकल शंका लागि रोकी चेकजाँच दुई वटा सेतो बोरा भित्र लुकाइछिपाई ल्याउँदै गरेको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति