जब केट मिडलटन शिरदेखि पाउसम्म आर्मी गियरमा प्रकट भइन्…

लन्डन । बेलायतको सशस्त्र बल दिवसमा बेलायती राजकुमार विलियमकी पत्नी डचेस अफ क्याम्ब्रिज केट मिडलटनले पूर्ण रुपमा सैन्य पोसाक लगाएको फोटो सेयर गरेकी छन् ।

इस्टाग्राममा सेयर गरिएको उक्त तस्बिरमा केट मिडलटन टाउकोदेखि खुट्टाासम्म आर्मी गियरमा देखिन्छन् । एउटा सैन्य उपकरणको निरीक्षण गर्ने क्रममा उनी थोरै झुकेको देखिन्छिन् । त्यसपछि पोस्ट गरिएको अर्को तस्बिरमा उनी ट्यांकमा बसेर हेलमेट लगाएकी देखिन्छिन् । दोस्रो तस्बिरमा उनको घाँटी मात्र देखिन्छ ।

तस्बीरको क्याप्सनमा उनले लेखेकी छन्, ‘आज सशस्त्र सेना दिवसको अवसरमा विगत र वर्तमानमा हाम्रा सबै सशस्त्र सेनामा, समुद्रमा र भूमिमा सेवा गरिरहेका बहादुर पुरुष र महिलाहरूलाई राजकुमार विलियम र म श्रद्धाञ्जली दिन चाहन्छौँ । हामीलाई सुरक्षित राख्नका लागि तपाईं र तपाईंका परिवारहरूले बलिदान गर्नुभएकोमा धन्यवाद । ’

उनले ब्रिटिस एकेडेमीमा सेवा गर्ने कर्मचारी र नयाँ भर्तीहरूलाई कसरी तालिम दिन्छन् भनेर हेर्नका लागि समय बिताउन पाउँदा आफूलाई गर्व लागेको बताइन् ।

‘हामी सबैको सुरक्षाका लागि सेनाले खेलेको धेरै महत्वपूर्ण र विविध भूमिकाहरू फस्ट हेन्ड देख्न पाउँदा अद्भुत थियो,’ उनले लेखेकी छन् । केट मिडलटनका श्रीमान् राजकुमार विलियम बेलायतको राजगद्दीको उत्तराधिकारीमा दोस्रो वरियताक्रममा छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board