काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको शपथ आज हुने भएको छ । सत्ता साझोदार नेकपा (एकीकृत समाजवादी)ले पठाएको नयाँ मन्त्रीलाई देउवाको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् ।
पुनर्गठित मन्त्रिमण्डमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई सहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको थियो ।
नवनियुक्त मन्त्रीहरुको शपथ आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने छ ।
एकीकृत समाजवादीले गत जेठ २२ मै सरकारमा रहेका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । बजेट पास भएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति सत्ता गठबन्धनभित्र भएको थियो ।
प्रतिक्रिया