तेक्वान्दोका निर्णायक अशोक खड्का कोरिया जाँदै

काठमाडौं? १२ असार । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का छुन छुन कोरिया ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दै छन् ।

२९ जुनदेखि ६ जुलाईसम्म हुने प्रतियोगितामा अशोकले पुम्से र क्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अशोक पारा तेक्वानदोको पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

अशोक क्याडेट तथा जुनियर विश्व च्याम्पियनसिपका लागि पनि निर्णायकमा मनोनीत भएका छन् । विश्व तेक्वान्दो (डब्लुटी) ले मनोनित गरेको अशोकले जनाएका छन् । 

क्याडेटको प्रतियोगिता २८ देखि ३१ जुलाई तथा जुनियरको २ देखि ७ अगष्टसम्म बुल्गेरियाको सोफियामा हुँदै छ । उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाट निर्णायकमा मनोनीत हुने अशोक एक्लो हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board