माधव नेपालको दावी, ‘एमालेको ओरालो यात्रा संघीय निर्वाचनमा पनि कायमै’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेको ओरालो यात्रा संघीय निर्वाचनमा पनि कायमै रहने बताएका छन् ।

अखिल नेपाल महिला संघ (समाजवादी)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै नेपालले आफूलाई कमजोर ठानेको र बेवास्ता गरेको परिणाम एमालेले भोगिरहेको बताए । अहिले पनि एमाले पराजित हुनुको दोष आफूलाई दिने गरिएको भन्दै अध्यक्ष नेपालले नेतृत्व नसुध्रिए एमालेको पतन निश्चित रहेको बताए ।

गठबन्धनको आवश्यकता कायमै रहेको भन्दै नेपालले कम्तिमा संघीय निर्वाचनसम्म सहकार्य कायमै रहने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति