काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको रहस्यमय मृत्यु भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
काठमाडौंको नेपालटारस्थित डेरामा शनिवार बिहान पौने ११ बजे सुनार मृत अवस्थामा भेटिएकी थिइन् ।
प्रहरी वृत्त बालाजुले शंकास्पद सूर्य श्रेष्ठलाई अनुसन्धानका लागि नियन्त्रणलेमा लिएको छ । सूर्य शनिवार बिहानै मृतको कोठामा पुगेका थिए ।
सुर्खेत घर भएकी उनले शुक्रबार राति काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको भन्दै सामाजिक सञ्जालमामा स्टाटस पनि लेखेकी थिइन् ।
गायिका दिलमायाले ख्यातिप्राप्त लोकगायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी छन् भने उनी लाइभ दोहोरी गीतका कारण पनि चर्चित थिइन् ।
यसअघि, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् ।

COMMENTS