पोखरा । लगातार भइरहेको भारी वर्षाका कारण पोखरा महानगरपालिका–४ मा सडकसहित एक घर भासिएको छ ।
फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको छ ।
वडाध्यक्ष देवीकृष्ण पराजुलीले सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको र घरको बाहिरी भाग सकुशल रहे पन भित्री कोठा भने भासिएर पूर्ण क्षति जानकारी दिए ।
भासिएको ठाउँमा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले निरीक्षण गरेका छन् ।
सामान्य वर्षामा समेत पोखराका विभिन्न ठाउँमा सडक भासिँदै आएको छ ।
प्रतिक्रिया