युक्रेनी सहर सेभेरोदोेनेत्स्क अब पूर्णरुपमा रुसी सेनाको कब्जामा

मस्को । हप्तौँको लडाइँपछि युक्रेनी सहर सेभेरोदोनेत्स्क अब रुसी सेनाले ‘पूर्ण रूपमा कब्जा गरेको’ सहरका मेयर ओलेक्सान्डर स्ट्राइकले जानकारी दिएका छन् । युक्रेनका लागि यो सबैभन्दा ठुलो धक्का हो ।

‘सहरलाई पूर्ण रूपमा रूसीहरूले कब्जा गरेका छन्’, स्ट्राइकले भने । एजोट केमिकल प्लान्टमा रुसी गोलाबारीबाट लुकेका कैयौँ व्यक्तिले अहिले उक्त स्थान खाली गर्न थालेका उनले बताए । उनका अनुसार ती व्यक्तिहरूलाई चिकित्सा र मनोवैज्ञानिक सहयोग आवश्यक छ ।

‘यी मानिसहरूले आफ्नो जीवनको लगभग तीन महिना बेसमेन्टमा बिताएका छन् । यो भावनात्मक र शारीरिक रूपमा कठिन छ ’, उनले भने ।

रुसी र रुस समर्थक सैनिकहरूले एजोट प्लान्ट कब्जा गरेर त्यहाँ शरण लिइरहेका ८ सय सर्वसाधारणलाई खाली गरेका मस्कोलाई समर्थन गर्ने पृथकतावादीहरूले दावी गरेका छन् ।

एक टेलिग्राम सन्देशमा पृथकतावादी अधिकारी आन्द्रेई मारोच्कोले रुसी सेनाले अजोट प्लान्टलाई पूर्ण नियन्त्रण लिएको दाबी गरेका छन् ।

युक्रेनले अब छिमेकी सहर लिसिचान्स्कलाई राम्रोसँग रक्षा गर्ने जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board