हलेसी मन्दिरमा पिपुल काउन्टिङ मेसिन जडान

खोटाङ । खोटाङको त्रि–धार्मिकस्थल हलेसी आउने दर्शनार्थी एवं पर्यटकको गणनाका लागि पिपुल काउन्टिङ मेसिन जडान गरिएको छ । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसी मन्दिरमा दर्शन एवं भ्रमणका लागि प्रवेश गर्ने दर्शनार्थी एवं पर्यटकको गणनाका लागि माछापुच्छ्रे बैंकले गणना मेसिन जडान गरेको हो ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत राखिएको पिपुल काउन्टिङ मेसिन शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले उद्घाटन गरिन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीमा हालसम्म दर्शन एवं भ्रमण गर्ने पर्यटक तथा दर्शनार्थीको तथ्यांक राख्ने व्यवस्था नभएको अवस्थामा पिपुल काउन्टिङ मेसिन राखिएको माछापुच्छ्रे बैंक हलेसी शाखाका प्रबन्धक नयन थापाले बताए ।

मन्दिरको प्रवेश द्वारमा गणनाका लागि पिपुल काउण्टिङ क्यामेरा जडित ढोका बनाइएको छ । मन्दिर प्रवेश गर्ने पर्यटक र दर्शनार्थीलाई सोही ढोकाबाट प्रवेश गर्ने/गराउने व्यवस्था मिलाइने छ । पिपुल काउण्टिङ क्यामेराले मन्दिर प्रवेश गर्ने र बाहिरिने पर्यटक तथा दर्शनार्थीको संख्या कम्प्युटरमा रेकर्ड गर्ने हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए । पिपुल काउन्टिङ मेसिनको ढोकाबाट प्रवेश नगर्नेको संख्या भने रेकर्ड नहुने जनाइएको छ ।

कार्यक्रममा उपमेयर रमेश राउत, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालगायतको उपस्थिति रहेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board