मूल्यवृद्धिको विरोधमा सिमरामा अनेरास्ववियूको जुलुस

बारा । मूल्यवृद्धिको विरोधमा नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) बाराको सिमरामा सिठी जुलुस निकालेको छ ।

केन्द्रीय कार्यक्रम अन्तर्गत अनेरास्ववियूले सिमरा चोकमा सिठी जुलुस निकालेको हो । पेट्रोलियम पदार्थमा सरकारले मूल्यवृद्धि गरेको र महँगी बढाएको भन्दै अनेरास्ववियूले जुलुसका क्रममा महँगी घटाउन र मूल्यवृद्धि फिर्ता लिन माग गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board