राप्रपा नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्षमा जोशी

हेटौँडा । राप्रपा नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी ललित जोशीले पाएका छन् । धनगढीमा जारी सुदुरपश्चिम प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी जोशीलाई प्रदान गरिएको हो ।

पार्टीका अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाईसहित शुभकामना दिएका छन् । जिम्मेवारी प्राप्त जोशी हाल केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । उनी विद्यार्थीकाल देखिनै राजनीतिमा संलग्न थिए भने प्रदेश कोषाध्यक्षको समेत जिम्मेवारी बहन गरिसकेका छन् ।

प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि जोशीले सुदुरपश्चिम प्रदेशमा राप्रपा नेपालको बलियो संगठन निर्माण गर्ने प्रतिबद्धता जनाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति