‘दश भाइ’लाई नशाबाट उत्रिन माधव नेपालको सुझाव

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ‘दश भाइ’लाई नशाबाट बाहिर आउन सुझाव दिएका छन् ।

शनिबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीलाई अनावश्यक गाली नगर्न पनि आग्रह गरेका हुन् ।

“नेकपा (एमाले)बाट विद्रोह गर्नु जायज थियो । हामीले नगरेको भए कि दास भएर बस्नुपर्थ्यो कि राजनीतिबाट पलायन हुनुपर्थ्यो । अहिले म कथित १० भाइका कुरा सुन्दैछु, उनीहरुको दिमागबाट नशा उत्रेको छैन । तथानाम लेखिरहेका छन्, म हेरिरहेको छु । उनीहरु त्यहाँ दास भएर बसेका छन्, पदीय गरिमाका सम्मान पाएका छैनन् तर पनि दास भएर बसेका छन् । म चेतावनी दिन्छु हामीलाई धारेहात लगाउँने दुस्साहस नगरुन् । दिमागबाट नशा उत्रेको छैन ? तथानाम लेखिरहेका छन्, दास भएर बसेका छन्, पदीय गरिमाको सम्मान पाएका छैनन् । धारेहात लगाउने दुस्साहस नगरुन्,” उनले भने ।

पछिल्लोपटक एकीकृत समाजवादीमा उत्पन्न संकटका सन्दर्भमा योगेश भट्टराईलगायत १० बुँदे पक्षधर नेताहरुले माधव नेपाललाई पक्षपात गर्नुपर्ने टिप्पणी गरेकोमा उनी आक्रोशित भएका हुन् ।

अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनप्रति पार्टीका गुनासा भए पनि अझै पनि आवश्यकता रहेको बताए । “गठबन्धनप्रति हाम्रो धेरै गुनासा भए पनि गठबन्धनको अझै पनि आवश्यकता छ,” उनले भने ।

स्थानीय तह निर्वाचनमा पार्टीले पाएको मत हेर्दा आत्तिनु पर्ने अवस्था नरहेको नेपालको भनाइ थियो । “२७ प्रतिशत उम्मेदवारी दिँदा पनि ९ लाख मत पाएका थियौँ,” उनले भने,“शतप्रतिशत उम्मेदवारी दिँदा २० लाख मत आउँथ्यो । त्यसकारण आत्तिनुपर्ने कुनै कारण छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board