प्रधानमन्त्री भएँ भने तमाम समस्या हल गर्छु : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशलाई नयाँ युगतिर लैजाने सपना रहेको बताएका छन् ।

नेपाल पर्वतारोहण संघले आयोजना गरेको कार्यक्रममा उनले देशलाई नयाँ युगतिर लैजानका लागि आफू फेरि एकपटक प्रधानमन्त्री हुने सपना रहेको बताए । उनले परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम समस्या समाधान गर्ने बताए ।

आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ९ महिना सपना हो कि विपना भन्नेमा वितेको र दोस्रो पटकमा धेरै कुरा सुधार गर्न खोजेको दाबी गरे । अब अवसर पाए धेरै गर्ने उनको भनाइ थियो ।

“पहिलो पटक प्रधानमन्त्री हुँदा झिलिमिलीमै झिलिमिलीमै हिँड्यो । ९ महिनामा के हो सपना हो कि विपना हो भन्दा भन्दै बित्यो,” उनले भने,“दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चै नै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ । मलाई त्यसमा गर्व छ । अब अर्को पटक नेतृत्व पाएँ भने देशका तमाम समस्याहरुको अन्त्य गर्छु ।”

उनले आफू प्रधानमन्त्री हुँदा धेरै चीज सुधार गर्ने प्रयास गरेको भन्दै त्यसमा गर्व महसुस हुने गरेको बताए । राष्ट्रिय एकता नै खण्डित हुने अवस्था मधेसलाई विश्वासमा लिएर चुनाव सम्पन्न गराएको पनि उनको भनाइ थियो ।

वामपन्थीहरुको बीचमा एकता गरेर स्थायित्वसहित विकास र सामाजिक न्यायमा आमूल परिवर्तन गर्न खोजे पनि त्यो सफल नभएको उनको भनाइ थियो ।

उनले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आर्थिक संकटलाई टार्नका लागि पर्यटन क्षेत्र एक मात्रै भरपर्दो माध्यम भएको उल्लेख गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board