केपी ओलीले भने- भद्दा, भ्रष्ट र राज्यशक्तिको दुरुपयोग गरेको निर्वाचन देखेको थिइन्, यसपटक देखेँ 

काठमाडौं, १० असार । सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग गरेको प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन् । 

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले राज्यशक्तिको दुरुपयोग गरेको आरोप लगाएका हुन् । राज्यशक्तिको दुरुपयोग गर्दै भद्दा र भ्रष्ट तरिकाबाट निर्वाचन गराएको ओलीको आरोप छ । 

‘मैले २०१५ सालदेखिको निर्वाचन देखेको छु । पछि यता लामो समयदेखि चुनाव लड्दा अहिलेसम्म यति भद्दा, यति राज्यशक्तिको दुरुपयोग गरिएको, यति भ्रष्ट निर्वाचन, पैसाको खोलो बगाएको अहिलेसम्म देखेको थिइनँ,’ ओलीले भने, ‘यसपटक त्यो तहसम्म पुगेको छ ।’    

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति