नेप्से १३ अंक बढ्यो, १ अर्ब १५ करोड कारोबार

काठमाडौँ, १० असार । शुक्रबार सेयर बजारको परिसूचक नेप्से १३.७८ अंकले बढेको छ । साताको अन्तिम दिन २ घण्टा खुलेको बजारमा १ अर्ब १५ करोड रुपैयाँको कारोबार भयो ।

बैंकिङ २, विकास बैंक ५७, फाइनान्स २४, होटल तथा पर्यटन २६, जलविद्युत् २४, जीवन बीमा १३१, उत्पादन २९, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा १२८, अन्य १२ र ब्यापार उपसमूह ३ अंक बढे । कुल ४१ कम्पनीको मूल्य घट्दा १५० को बढ्यो भने ३ को स्थिर रह्यो ।

यस दिन न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सीवाईसी नेपाल लघुवित्तको मूल्य ८ प्रतिशत बढ्यो । हिजोसम्म १० प्रतिशत मूल्य बढेको आाधीखोला लघुवित्तको मूल्य आज भने ७।८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, ङादी ग्रुप पावर, लक्ष्मी बैंक, हिमालयन डिस्टिलरी र नागरिक लगानी कोष क्रमशस् अगाडि रहे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति