वरिष्ठ पत्रकार त्रिपाठी पक्राउ

काठमाडौ । वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको छ ।

इम्बोष्ट नम्बरको बिरोधमा काठमाडौंको भद्रकालीमा बिरोध प्रदर्शनको क्रममा बरिष्ठ पत्रकार त्रिपाठीसहितका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

त्रिपाठी नेतृत्वको एकीकृत शक्ति नेपालले आज बिहान १० बजे भद्रकालीमा १० मिनेट बिरोध प्रदर्शनको कार्यक्रम राखेको थियो ।

सोही क्रममा त्रिपाठीसहित सचिव सुभाष पाण्डेलगायत एक दर्जनलाई पक्राउ गरेको हो । उनीहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति