आदिपुरुषलाई प्रभासले मागे १२० करोड भारु

काठमाडौँ । प्रभास दक्षिण भारतीय फिल्मको मात्र नभइ बलिउडका लागि पनि चिनिएका अभिनेता हुन् । उनले फिल्म ‘बाहुबली’मार्फत् भारतसँगै विश्वभर लोकप्रियता कमाए । उनको फिल्म हेर्न जोकोही लालयित हुन्छन् । हालका दिनमा उनी नयाँ फिल्म ‘आदिपुरुष’का कारण चर्चामा छन् ।

प्रभासले फिल्म ‘आदिपुरुष’का लागि आफ्नो पारिश्रमिक बढाएका छन् । उनले निर्मातासँग १ सय २० करोड भारु पारिश्रमिक मागेका छन् । जबकि यसअघि उनले ९० देखि १०० करोड भारु पारिश्रमिक बुझ्दथे ।

प्रभासको मागले निर्माताहरु सशंकित छन् । किनकि फिल्मका लागि अझै पनि केही दृश्य खिच्न बाँकी नै छ । प्रभासको मागले फिल्मको बजेट थप २५ प्रतिशत बढ्ने निर्माताहरुले उल्लेख गरेका छन् ।

प्रभास अभिनित सन् २०१९ को फिल्म ‘साहो’ र यसै वर्ष रिलिज फिल्म ‘राधे श्याम’ बक्सअफिसमा असफल साबित भइसकेको छ । दुई फिल्म फ्लप हुँदा पनि प्रभासले पारिश्रमिक किन बढाए भन्ने कुरामा निर्माता चकित परेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति