अलिबाबाकी कर्मचारीलाई यौन दुर्व्यवहार गर्ने ग्राहकलाई १८ महिना जेल

बेइजिङ । यौन दुर्व्यवहारको अभियोगमा चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाका एक ग्राहकलाई १८ महिनाको जेल सजाय सुनाइएको छ । ती ग्राहकले कम्पनीका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेका थिए ।

पूर्वी सहर जिनानको अदालतले उक्त सजाय सुनाएको हो । महिलालाई आक्रमण गर्नुअघि रक्सी पिउन बाध्य पारेको फैसलामा उल्लेख छ ।

ती महिलाले आफ्नो आरोप सार्वजनिक गरेपछि अलिबाबाले उनलाई बर्खास्त गरेको थियो । उनीमाथि भएको यौन दुर्व्यवहारको घटना चिनियाँ सञ्चार माध्यममा छाएको थियो । उनीमाथिको दुर्व्यवहार चिनियाँ महिलाहरूले कार्यस्थलमा भोग्नुपरेको उत्पीडनलाई उजागर गरेको छ । फैसलाको ग्राहकले अपील गर्ने बताएका छन् । चीनमा धेरैजसो यौन दुर्व्यवहारका मुद्दाहरू अदालतमा पुग्दैनन् ।

अलिबाबाका कर्मचारीले गत अगस्टमा कम्पनीले कारबाही गर्न असफल भएको सार्वजनिक रुपमा गुनासो गरेकी थिइन् । उनले सोही यात्रामा एकजना वरिष्ठ सहकर्मीलाई पनि बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि उनलाई बर्खास्त गरियो, तर पछि उनीविरुद्धको फौजदारी मुद्दा खारेज गरिएको थियो ।

डिसेम्बरमा यो महिलालाई अलिबाबाले बर्खास्त गरेको थियो । उनले झूटा कुराहरू फैलाए कम्पनीको प्रतिष्ठालाई हानि पुर्‍याएको उनको बर्खास्तगी पत्रमा उल्लेख थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board