पोखराको नीति तथा कार्यक्रम : कृषि उत्पादनमा वृद्धि, महानगरको समृद्धि (पूर्णपाठ)

काठमाडौँ । पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । महानगरका प्रमुख धनराज आचार्यले पोखराको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम ११औँ नगरसभामा प्रस्तुत गरेका हुन् ।

कृषिलाई प्रमुखता दिएर मेयर आचार्यले आगामी आवको महानगरको नीति तथा कार्यक्रम ल्याएका छन् । यसको नारा नै ‘कृषि उत्पादनमा वृद्धि महानगरको समृद्धि’ रहेको छ ।

यसअनुसार महानगरले ५ वर्षभित्र दुध, फलफूल, तरकारी माछामासुको आयात प्रतिस्थापनमा जोड दिइने उल्लेख गरिएको छ ।

रोजगारीतर्फ पोखरा महनगरले हरेक आवको पहिलो ६ महिनामा ३ हजार रोजगारी थप गर्ने योजना बनाएको छ । कक्षा १२ सम्मको अध्ययन सकेर बसेका विद्यार्थीलाई लक्षित गरी आचार्यले सो घोषणा गरेका हुन् ।

यसबाहेक महानगर विशेष स्वरोजगार कार्यक्रम, न्यूनतम रोजगारीको प्रत्याभूति, बेरोजगारीको सीप र क्षमतालाई आधार लिइ तथ्यांक संकलन र अभिलेख व्यवस्थापन गरी श्रम बजारको आवश्यकताअनुसार सीप तथा तालिम दिने उल्लेख गरिएको छ ।

मेयर आचार्यले आगामी दुई वषभित्र महानगरमा पोलका तारलाई भूमिगत बनाइने घोषणा गरेका छन् ।

पर्यटनतर्फ पर्यटकीय गतिविधिमा वृद्धि पोखरा सरहको समृद्धि अवधारणा अघि सारिने भएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई पत्राचार गरिसकिएकाले पर्यटकीय गतिविधिको विकासमा जोड दिइने उल्लेख छ ।

नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएपछि प्याराग्लाइडिङ सञ्चालनको पहल गरिने उल्लेख छ । होमस्टेको मौलिकीकरण, स्थानीय भाषा र संस्कृतिको संरक्षणजस्ता कुरालाई अघि सारिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board